
सुनसरी, २८ फागुन । भारत मोतिहारी जिल्ला घर भई बराहक्षेत्र–१ मामा घर बस्दै आएकी १६ वर्षीय काजल साह मृत अवस्थामा फेला परेकी छन् ।
मामा सन्तोष शाहको घरमा बस्दै आएकी काजल हिजो बिहान पौने ११ बजे चतरा नहरमा गई हामफालेको भनि इलाका प्रहरी कार्यालय चतरामा खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट समेतको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा दिउँसो साढे २ बजे चतरा नहरमा काजलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा कानुनी कारबाही तथा अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

