
सुनसरी, ३० फागुन । मोरङ सुन्दरहरैचा–७ का ५० वर्षीय योगेन्द्रप्रसाद रिजालको सवारी दुर्घटनाबाट मृत्यु भएको छ ।
हिजो बिहान साढै ११ बजे सुनसरी भोक्राह नर्सिङ–४ चिरौली चोक स्थित राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको प्रदेश १–०२००१ ज ३९०६ नम्बरको माईक्रो र बिपरित दिशाबाट गईरहेको को ३२ प ३९४४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा मोटरसाईकल चालक योगेन्द्र प्रसाद रिजाल गम्भिर घाईते भई बिराटनगर न्युरो अस्पतालमा उपचार भईरहेकोमा उनको उपचारको क्रममा साझँ साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुबै साधन र माईक्रो चालक बिराटनगर–१६ का ५२ बर्षीय आयुराज लामा नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
त्यसैगरी सुनसरी बराहक्षेत्र–५ का मन्जु राजधामीको ५ वर्षीय छोरा सुजन राजधामीको टिफरको ठक्करबाट मृत्यु भएको छ । हिजो बेलुका सवा ६ बजे राजधामी चौकस्थित सडक खण्डमा नहडाबाट कालाबन्जरतर्फ जाँदै गरेको को १ ख ५७६५ नम्बरको टिफरले बाटो क्रस गर्दै गरेका बालक सुजनलार्इ ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई थप उपचारार्थ काठमाडौँ लादै गर्दा आज बिहान ३ बजे मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।
ठक्कर दिने टिफर र टिफर चालक प्रदिप चौधरी नियन्त्रणमा रहेको सोही कार्यालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

