
मोरङ, ३० फागुन । मोरङ सुनवर्षी–८ हर्चनगढीबाट तीन भारतिय नागरिक हतियार सहित पक्राउ परेका छन ।
पक्राउ पर्नेमा जिल्ला अररिया धर्मगंज पंचायत पलासी थाना डकैता भारत बस्ने २१ बर्षीय अजय कुमार मण्डल, १८ बर्षीय आन्नद कुमार मण्डल र २१ बर्षीय राकेश कुमार साह रहेका छन ।
हिजो राती सावाँ ८ बजे हर्चनगढी स्थितमा रहेको एक घरमा मादक पदार्थ सेवन गरी बसिरहेका उनिहरुलाई १ थान कटुवा पेस्तोल, १ राउण्ड गोली र उनीहरुले प्रयोग गरेको १ थान १५० सिसिको अन टेस्ट पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

