
भोजपुर, १ चैत । भोजपुर आमचौक–९ बोक्सेटारका १८ बर्षीय तेज बहादुर बस्नेतको ट्रयाक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।
हिजो साझँ ०७ बजे आमचौक माजखानी स्थित भित्रीसडकमा दुम्मानाबाट रानीटार तर्फ जाँदै गरेको ना३ त ८७५१ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई पल्टदा सोही ट्याक्टरले किची सहचालक बस्नेतको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

