
झापा, २ चैत । झापाको भद्रपुर नगरपालिका–५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।
हिजो शनिवार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–८ का ३८ बर्षीय बम बहादुर तामाङलाई ४ ग्राम १३० मिलिग्राम नियन्त्रित लागुऔषध ब्राउन सुगर सहित भद्रपुरबाट पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

