
विराटनगर, ३ चैत । मोरङ र सुनसरी जिल्लाका २ स्थानबाट नियन्त्रित लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।
आइतबार बेलुका पौने ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका(१५ का २२ बर्षीय निशान लिम्बुलाई नटफिन ५० पिस, डाइजोल्याप ५० पिस र एभिल ५० पिस सहित बिराटनगरको सजिलो बजार छेउबाट पक्राउ गरेको हो ।
यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ बाट २ जनालाई पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा उक्त स्थानमा खटिएको टोलीले को ३५ प ६४१८ नम्बरको मोटरसाईकलमा सवार रहेका भोक्राहा नरसिंह गाउँपालिका–४ का २४ बर्षीय अरुण यादव र सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ का २० बर्षीय बिबेक यादवको साथबाट नाईट्रोभेट ७५० क्याप्सुल, स्पास्मोप्रोक्सिवन ११६० क्याप्सुल र डाईलक्स डिसी १०० एम।एल।को २९ बोतल बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका ३ नै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

