
झापा, १० भदौ । स्वास्थ्य संस्थाहरूले पीसीआर परीक्षण गर्न प्रयोगशाला संचालनका लागि माग गरिहेका बेला निजी मेडिकल कजेलहरूलाई परीक्षणको अनुमति दिइएको छ ।
सरकारले अनुमति दिएसँगै कोभिड–१९ संक्रमित बिरामीलाई उपचार गर्दै आएका निजी मेडिकल कलेजहरूले प्रयोगशाला स्थापना गर्न पाउने भएका छन् ।
निजी मेडिकल कलेजले पीसीआर परीक्षण गर्ने अनुमतिका लागि एक तिहाई बेड कोभिड १९ का बिरामीलाई छुट्याउनुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डाक्टर मुकुन्दा शर्माले बताए ।
निजी प्रयोगशालालाई कोभिड १९ को परीक्षण पीसीआर गर्ने अनुमति दिने निर्देशिका ०७७ अनुसार प्रयोगशालाहरुको मापदण्ड पुगेको हुनुपर्ने राष्ट्रिय जनस्वथ्य प्रयोगशाला टेकुले जनाएको छ । रातोपाटी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



