
झापा, १४ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आइतबार २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा धरान–१७ की ७४ वर्षीया महिला र धरान–१७ कै ६० वर्षीय पुरुष रहेको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।
उनका अनुसार ७४ वर्षीया महिलाको आइतबार बिहान ८ बजेर ३० मिनेटमा भएको हो भने उनमा अत्यधिक खोकी, श्वास प्रस्वासमा समस्याका साथै एक हप्तादेखि उच्च ज्वरो रहेको थियो । त्यस्तै, ६० वर्षीय पुरुषमा पनि अध्याधिक खोकी, श्वास फेर्न समस्याका साथै ज्वरो देखिएको थियो भने मधुमेश र कलेजोमा समेत समस्या रहेको थियो ।
उनको आइतबार बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको थियो । मृतक दुबैमा आइतबारनै कोरोना पोजेटिभ देखिएको बताइएको छ । शवको व्यवस्था पनि नियमानुसार गर्ने तयारी थालिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । रातोपाटीबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



