
चितवन, १६ भदौ । चितवन मेडिकल कलेजमा उपचारत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १५ का ५८ वर्षीय पुरुष रहेका कलेजले जनाएको छ ।
कलेजद्वारा सञ्चालित अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार ज्वरो र खोकी आएका कारण यही भदौ १४ गते अस्पतालमा भर्ना भएका उनको १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
उनको आज विहान उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ । यससँगै जिल्लामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । चितवनका ९ जना, मकवानपुरका ४ जना, वारा, गोर्खा, कैलाली र नवलपसारी सुस्ता पूर्बका १÷१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । जिल्लाका ७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



