
विर्तामोड, ८ फागुन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल चीन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताउनुभएको छ ।
सिके चिन्तन प्रतिष्ठान झापाको आयोजनामा सिके प्रसाईंको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सैन्य रणनीति बाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्ने स्पष्ट पार्नुभएको हो । कांग्रेसले सरकार हुँदा पनि नहुँदा पनि एमसिसिबारे स्पष्ट धारणा राख्दै आएको बताउँदै शर्माले एमसिसिबारे नबुझी विरोधमा उत्रिएर उग्र राष्ट्रवाद प्रदर्शन नगर्न समेत सम्बन्धित सबैमा आग्रह गर्नुभयो ।
‘एमसिसिलाइ अहिले राष्ट्रघातको रुपमा हेरिएको छ तर यो सत्य होइन, अबको २० बर्षपछि राष्ट्रिय आम्दानीको दर्विलो स्रोत हुन्छ’, शर्माले भन्नुभयो, ‘एमसिसिको सहयोगबाट विजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने हो । ट्रान्समिसन लाइनबाट भारतलाई विजुली बेच्ने हो । तसर्थ भारतको समर्थन खोजिएको हो ।’ आफ्नो जग्गामा घर बनाउँदा समेत छिमेकीको स्वीकृति चाहिने भन्दै उहाँले एमसिसिबाट हुने विकासमा पनि सोही नीति लागु हुने भनाई राख्नुभयो ।
अन्तर्राष्ट्रिय सन्धि सम्झौता निश्चित फरम्याट अनुसार हुने उल्लेख गर्दै नेता शर्माले एमसिसि पनि सोही फरम्याट अनुसार नै भएको उल्लेख गर्नुभयो । त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्दा पनि अन्तर्राष्ट्रिय हस्तक्षेप बढ्छ भनेर तीब्र विरोध भएको स्मरण गर्दै अहिले उक्त विमानस्थलको प्रयोग गरेर लाखौं मानिसहरु आवतजावत गरिरहेको र यसका कारण कुनै हस्तक्षेप नभएको उहाँको भनाई थियो ।
जनसहभागिताबाट बनेको संविधान र संविधानले अवलम्बन गरेको संवैधानिक संस्कार पालना गर्ने कि नगर्ने रु भन्ने मूल प्रश्न अहिले उठेको बताउँदै उहाँले देशको समृद्धि, विकास र समुन्नतिका लागि सि।के। प्रसाईको शालिनता र सिद्धान्तप्रतिको निष्ठालाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



