
झापा, १ चैत । विप्लव नेतृत्वको नेकपा परित्याग गरी आज सात जना वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
क्रान्तिकारी धारबाट विप्लव नेकपा स्खलित भएको भन्दै समाजवादको क्रान्ति सफल पार्न उनीहरु वैज्ञानिक समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुलाई वैज्ञानिक समाजवादीका केन्द्रीय सदस्य एवम् प्रदेश नं. १ संयोजक आशिष लिम्बूले स्वागत गर्नुभयो ।
नेकपा परित्या गरी वैज्ञानिक समाजवादीमा प्रवेश गर्नेहरुमा अखिल नेपाल किसान महासंघ मोरङ संयोजक गणेशप्रसाद ढुंगेल, कनकाई नगर इञ्जार्ज युद्ध झापाली, झापा जिल्ला महिला संगठन कोषाध्यक्ष लीला ओली भट्टराई, उर्लाबारी पार्टी नगर कमिटी सदस्य विष्णु श्रेष्ठ, गोमा बराइली, रञ्जना तामाङ र युवा संगठन झापा सदस्य अजय साह रहेका छन् ।
कार्यक्रममा वैज्ञानिक समाजवादीमा समाहित भएका गणेशप्रसाद ढुंगेलले तीन बुँदे सहमतिका नाममा पार्टी दलाल पुँजीपतिहरु माझ लम्पसार भएको बताउनुभयो । “पार्टी दलालहरुको अगाडि लम्पसार प¥यो”, उहाँले भन्नुभयो, “यहाँबाट क्रान्ति सफल सम्भव नहुने भएपछि वैज्ञानिक समाजवादीको मार्गमा अघि बढेका हौँ ।”
त्यस्तै, युद्ध झापालीले सुनौलो सपना बोकेर क्रान्तिमा होमिएको बताउँदै क्रान्तिलाई पैसामा जोख्ने काम भएको उल्लेख गर्नुभयो । उहाँले पार्टी नीतिमुखी नभई नेतामुखी भएकाले वैज्ञानिक समावादीमा ध्रुवीकृत भएको सुनाउनुभयो ।
कार्यक्रममा प्रदेश संयोजक लिम्बूले क्रान्तिको खोजी गर्दै पुनः क्रान्तिकै धारमा आइपुगेकोमा नवप्रवेशीहरुलाई स्वागत गर्नुभयो । उहाँले प्रदेश १ भरिकय क्रान्तिकारी पक्षधरहरुलाई एकताबद्ध हुन आह्वान गर्नुभयो ।

कार्यक्रममा वैज्ञानिक समाजवादीका झापा संयोजक राजु दासले पार्टीले २१औं शताब्दीको वैज्ञानिक समाजवादलाई अंगिकार गरेको बताउनुभयो । “पार्टीले उत्पादनसहितको वैज्ञानिक समाजवादलाई अंगिकार गरेको छ”, उहाँले भन्नुभयो, “समाज नै उत्पादक र समाज नै उपभोक्ता हो, यहाँ बिचौलिया हुँँदैन ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



