
झापा, १३ जेठ । स्थानीय तह निर्वाचन–२०७९ मा विभिन्न पदमा उम्मेदवारी दिएका झापामा ११ दलका उम्मेदवारको जमानत जफत भएको छ । नेकपा (माओवादी केन्द्र), राप्रपा, जसपा, लसपा, एकीकृत समाजवादी, विवेकशील पार्टी, मौलिक जरोकिलो पार्टी, उन्नत लोकतन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मंगोल नेशनल अग्र्रनाइजेशन, जनमत पार्टी र स्वतन्त्र उम्मेदवारहरुको जमानत जफत भएको हो ।
झापामा ९६१ जना उम्मेदवारको जमाना जफत भएको निर्वाचन कार्यालय झापाले जनाएको छ । २ हजार ७८६ जनाले उम्मेदवारी दिएकामध्ये प्रमुख÷अध्यक्षमा ८३, उपप्रमुख÷उपाध्यक्षमा ५७, वडाध्यक्षमा २९१ जना र महिला, दलित, खुल्ला सदस्य गरी ५३० जनाको जमानत रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिए । पालिका र वडा तहमा खसेको मतभन्दा उम्मेदवारले १० प्रतिशत भन्दा कम मत ल्याउनेको धरौटी जफत हुने निर्वाचन आयोगको निर्देशिकामा उल्लेख छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



