
झापा, २४ जेठ । स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेर आधिकारिक उम्मेदवार हराएको भन्दै नेपाली कांग्रेस प्रदेश–१ का महामन्त्री भूपेन्द्र राईसहित चार जनाविरुद्ध अनुशासन समितिमा उजुरी परेको छ ।
३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पार्टी आधिकारिक उम्मेदवारलाई हराउन महामन्त्री राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका सभापति अमृत गिरी, प्रदेश सदस्य पूर्णबहादुर खड्का र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा सभापति रामचन्द्र राईविरुद्ध कांग्रेस खोटाङको अनुशासन समितिमा उजुरी परेको हो ।
चार नेताविरुद्ध कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भएका नइन्द्र राई, उपाध्यक्षका उम्मेदवार रमा कटुवालसहित सात वडाका वडाध्यक्ष पदका उम्मेदवारले कारबाहीका लागि समितिमा उजुरी दिएका हुन् । पराजित उम्मेदवारहरूले पार्टीको विधान २०१७, (संशोधन सहित) धारा ३४ उपधारा ४ को क, ख र ग आकर्षित हुनेगरी कारबाही गर्न माग गरेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



