
बिर्तामोड, २७ जेठ । नेकपा एमालेका सांसद तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिर्तामोड नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख र उपप्रमुखलाई बधाई तथा शुभकामना दिनु भएको छ ।
आज नगरपालिकाको कार्यालयमा सांसद भट्टराईले नगरप्रमुख पवित्रा महतारा प्रसाईं र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई बधाई तथा शुभकामना दिनुभएको हो । भेटघाटका क्रममा नगरप्रमुख प्रसाईंले बिर्तामोड नगरपालिकाको हालको अवस्थाको बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो । सांसद भट्टराईले नगरको विकासका लागि आफूले सदैव सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।

भेटघाट कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, समाजसेवी गोपाल लकान्द्री लगायतको उपस्थिति रहेको थियो । पूर्वमन्त्री भट्टराईलाई नगरपालिकाका कर्मचारीहरुले स्वागत गरेका थिए ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



