
झापा, २८ जेठ । ताइवान स्वतन्त्रताको घोषणा गरे आफूहरुले ताइवानमाथि युद्ध सुरु गर्ने चीनले चोतावनी दिएको छ ।
चिनियाँ रक्षा मन्त्रीले अमेरिकी समकक्षीसँग शुक्रबार पहिलोपटक भएको प्रत्यक्ष वार्तामा चेतावनी दिँदै चीनले ताइवानविरूद्ध युद्ध घोषणा गर्न सक्ने बताउनुभएको हो ।
“यदि कसैले ताइवानलाई चीनबाट विभाजन गर्ने आँट गर्छ भने, लागत जस्तोसुकै भए तापनि चिनियाँ सेनाले युद्ध सुरु गर्न पक्कै हिचकिचाउने छैन,” वु कियानले लोयड अस्टिनसँगको बैठकमा रक्षा मन्त्री वे फेन्घेले राखेको भनाइलाई उद्धृत गर्दै भने ।
‘ताइवान स्वतन्त्रता’ को बहानामा हुने चीनविरोधी षड्यन्त्रलाई नष्ट गर्ने र मातृभूमिको एकीकरणलाई दृढतापूर्वक समर्थन गर्ने प्रतिज्ञा गरिएको चिनियाँ रक्षा मन्त्रालयले उल्लेख गरेको छ। ‘ताइवान चिनियाँ भूमि भएको जोड दिँदै चीनविरूद्ध ताइवानको प्रयोग कहिल्यै विजयी नहुन नसक्ने मन्त्रालयले बताएको छ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार भेटमा अस्टिनले भने चीने ‘ताइवानतर्फ थप परिवर्तन गर्ने कार्यहरूबाट अलग रहनुपर्ने बताएका थिए । रासस/एएफपी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



