
भद्रपुर, ३ जेठ । आसन्न चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई सघाउने भएको छ ।
पार्टीले सर्वसम्मत नेतृत्वका लागि पहल गरे पनि सो सम्भव नभएपछि सत्ता गठबन्धन नेतृत्वका दल कांग्रेसलाई सघाउने निर्णयमा पुगेको हो । पार्टीले एक विज्ञप्ति जारी गर्दै त्यस्तो निर्णय गरेको जनाएको हो ।
पार्टीका नगर अध्यक्ष शिवराज भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘सर्वसम्मत सेवा भावना भएका समक्ष व्यक्तिहरुको समिति बनाउने हाम्रो प्रस्ताव र प्रयन्त अरु पक्षबाट हार्दिककताका साथ स्वीकार नभए पश्चात पार्टी र गठबन्धन भई चुनावी प्रतिस्पर्धा गएको कारणले हामीले कुनै न कुनै पक्षलाई समर्थन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यस सन्दर्भमा हामी सरकारको गठबन्धनमा भएको दल नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय भएकाले गोबिन्द लम्सालको नेतृत्वमा रहेको प्रजातान्त्रिक समूहका उम्म्मेदवारहरुलाई अत्याधिक मत दिई विजयी गराइदिन सम्पूर्ण उपभोक्ताहरुमा हार्दिक अपिल गर्दछौं ।’

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



