
झापा, ६ असार । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको नेकपा बहुमतले विरोध जनाउँदै फिर्ता लिन माग गरेको छ । नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश ओलीले एक विज्ञप्ति जारी गर्दै उपभोक्ताको ढाड सेक्नेगरी मूल्य वृद्धि अत्याधिक भएको भन्दै सडक संघर्षमा आउँन अपिल गरेका छन् ।
प्रधानमन्त्री देउवा सरकार भएको ८ महिनामा १२ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै समयानुकुल समायोजन गर्न ओलीले माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने बताएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



