
झापा, ७ असार । जिल्ला समन्वय समिति झापाको समितिमा नेकपा एमालेको एकल उम्मेदवारी परेको छ ।
जिल्ला समन्वय समितिको प्रमुखमा विश्व वराल, उपप्रमुखमा शान्ता रोक्का र सदस्यहरूमा देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोस सोरेन, जलाल अलि, कपिल काफ्ले र रिता नेपालीको उम्मेदवारी परेको हो ।
जिसस गठनका लागि आज मनोनयन दर्ता र बुधवार दाबी विरोधको कार्यक्रम रहेको थियो । दाबी विरोध नभए सबैजना निर्विरोध निर्वाचित हुने निर्वाचन कार्यालय झापाले जनाएको छ । झापामा १५ स्थानीय तहमा एमालेको एकल बहुमत जुटेको छ । जिल्ला समन्वय समिति ९ सदस्यीय हुनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



