
झापा, १४ असार । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० एकता अभियानका संयोजक वामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन्। उनले मंगलबार दिउँसो नयाँ दल घोषणा गर्न पत्रकार सम्मेलन गर्ने भएका छन्।
पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी ९एकता राष्ट्रिय अभियान० राख्ने बताइएको छ। पार्टीमा संयोजक वामदेव गौतम, सचिव डीबी कार्की र प्रचार विभाग प्रमुखमा निमकान्त पाण्डे रहने भएका छन्।
रिपोर्टर्स क्लबमा दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी पार्टीको नामसहित औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम रहेको पाण्डेले जानकारी दिए।
पार्टीमा ६९ जना केन्द्रीय सदस्य रहनेगरी व्यवस्था भएको उनले बताए। पार्टीको सचिवालय ९ सदस्यीय हुने जनाइएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



