
झापा, १९ असार । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले सरकारले आगामी वर्षका लागि ल्याएको बजेटका पक्षमा उभिन प्रदेश सांसदहरूलाई ह्विप जारी गरेको छ ।
शनिबार माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा उभिने निर्णय गर्दै ह्वीप जारी गरेको हो ।
बैठकमा सहभागी प्रदेश सभा सदस्यहरूले बजेटमा त्रुटी भएकाले संशोधन गर्नुपर्ने धारणा राखेका थिए । मुख्यमन्त्री भट्टले कार्यान्वयनका क्रममा त्रुटी सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरू बजेट पारित गर्न सहमत भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बताए ।
अगामी आर्थिक वर्ष २०७९–८० को बजेटको कार्यक्रम पुस्तिकामा सुधारको माग गर्दै सत्तारुढ दलकै सांसदहरूले प्रदेश सभा चल्न नदिने चेतावनी दिएपछि बैठक बस्न सकेको छैन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



