
झापा, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार नयाँ मन्त्रीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्म्द इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मृगेन्द्र कुमार सिंह यादव र वन तथा वातावरणमन्त्रीमा प्रदीप यादवलाई नियुक्त गरिएको छ।
जनता समाजवादी पार्टीले आफ्ना मन्त्रीहरुको परिवर्तन गरेको हो। यसअघि भौतिकमन्त्रीमा रेणु यादव, कृषिमा महिन्द्रराय यादव र वनमन्त्रीमा रामसहाय यादव थिए। अघिल्लो हप्तामात्रै नेकपा एकीकृत समाजवादीका तर्फबाट आफ्ना मन्त्रीहरुको हेरफेर भएको थियो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



