
झापा, ९ साउन । नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्ष शिव लम्साल विजयी भएका छन् ।
काँग्रेस नेताद्वय शेखर कोइराला र गगन थापा समूहका लम्साल ७४५ मत ल्याएर विजयी भएका हुन् । लम्सालका निकटतम प्रतिद्वन्द्वी अनिता बिन्दुले ६१२ मत ल्याएकी छन् । त्यस्तै संगठनको वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । उनले ६८५ मत ल्याएका छन् ।
केसीका निकटतम प्रतिद्वन्द्वी सरोज अधिकारीले ६६५ मत ल्याएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्यसमितिका अधिकांश पदमा लम्साल प्यानलकै बाहुल्य रहेको छ । युनियनको महासचिवमा लम्साल प्यानलकै दिलीप पौडेल निर्वाचित भएका छन् । पौडेल ८७८ मत ल्याएर विजयी भएका हुन् ।
झापाकी सुशीला संग्रौला केन्द्रीय सदस्यमा सर्वसम्मत, सचिवमा रेजीना रोदन र राधा खनाल निर्वाचित भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



