
काठमाडौं, ६ भदौ । सरकारले यौनजन्य अश्लील सामाग्री प्रकाशन गर्ने वेबसाइट बन्द गराउने भएको छ ।
इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील समाग्रीमा सहज पहुँच हुँदा सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता वेबसाइट बन्द गराउन लागेको हो ।
सञचार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी त्यस्ता वेबसाइट बन्द गरउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार यौनजन्य अश्लील समाग्री आदनप्रदान प्रकाशन र प्रसारणलाई बन्देज लगाएको समेत उल्लेख गरिएको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२१ मा उल्लेख गरिएअनुसारका सामाग्री आएका वेबसाइट बन्द गराइने मन्त्रालयका प्रवक्ता मुकुन्द शर्माले बतए । आजको नागरिक दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


