
झापा, ११ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) प्रदेश नम्बर १ को प्रदेश कमिटीले पूर्णता पाएको छ ।
गत सोमबार बसेको प्रदेश नम्बर १ कमिटीको तेस्रो पूर्णबैठकले झापाका आठ जनालाई प्रदेश कमिटीमा मनोनित गरेसँगै प्रदेश कमिटीले पूर्णता पाएको हो । नेकपा (माओवादी केन्द्र) प्रदेश नं. १ का अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) को अध्यक्षता तथा प्रदेश नं. १ इञ्चार्ज राम कार्की (पार्थ) को प्रमुख आतिथ्यमा भएको बैठकले झापाबाट आठ जना नेतालाई प्रदेश कमिटिमा मनोनित गरेको छ ।
झापाबाट प्रदेश कमिटीमा मनोनीत हुने नेताहरुमा भवानीप्रसाद दंगाल, जितेश योञ्जन, रोशन तिम्सिना, बासु दुलाल, मोहन नेम्वाङ (सञ्चार), बेदु गौतम, युवराज दाहाल र धर्म शिवाकोटी रहेका छन् । अन्य जिल्लाहरुबाट पनि प्रदेश कमिटीमा मनोनीत गरिएको नेता बासु दुलालले जानकारी दिए । २ सय ५८ जना रहेको प्रदेश कमिटीमा बिभिन्न जिल्लाबाट ८८ जना मनोनित भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



