
इलाम, ७ असोज । नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन समयमा आर्थिक सहयोग गर्ने उद्देश्यले रु ५० हजारको राहत कोष स्थापना गर्ने निर्णय गरेको छ ।
महासङ्घको आज बसेको बैठकले तत्काल रु ५० हजारको राहत कोष स्थापना गर्ने र पछि रकम बढाउँदै लैजाने निर्णय गरिएको महासङ्घका सचिव ख्याम भुजेलले जानकारी दिनुभयो । कोष निर्माण गर्न शाखा अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा उपसमिति गठन गरिएको छ ।
बैठकले वार्षिकरुपमा मेचीका उदयमान पत्रकारलाई वितरण गरिँदै आएको आशिष स्मृति पुरस्कार कोष रु एक लाखको बनाउने निर्णय गरेको छ । हाल कोषमा रु ६० हजार रहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


