
झापा, २१ साउन । राप्रपाका केन्द्रीय सदस्य अन्जरा आलमले आज सामाजिक सञ्जालमा आएका भ्रामक समाचारको खण्डन गरेका छन् ।
उनले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत् नै आफू एमालेमा प्रवेश नगरेको स्पष्ट पारेका छन् । उनले लेखेका छन्, ‘उक्त विषयमा भन्नु पर्दा व्यक्तिगत भेटघाट भएको र उक्त अबस्थामा खिचेको फोटोलाई नियतवश मिडिकल माफिया दुर्गा प्रसाईंले एमालेमा प्रवेश गर्यो भनेर प्रचार गर्नु दुःखद छ । अन्त्यमा मेरो यो फोटो प्रचार भएर राष्ट्रिय प्रजातन्त्र पार्टीका सहयोद्धा साथी, नेता, कार्यकर्तामा परेको सन्देशप्रति दुःख मानेर म पूर्णत पार्टीप्रति कटिबद्ध रहेको समेत प्रण गर्दछु । र म राप्रपा मै छु र जीवनभर राप्रपा मै रहने छु । जय राष्ट्रवाद ।’

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



