
सुनसरी, ७ असोज । १२ बर्षिय बालिकालाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
सुनसरी धरान उपमहानगरपालिक–११ सगरमाथा टोल बस्ने भोजपुर घोंडेटार–७ रानीबासका ३० बर्षीय दुर्गाबहादुर बिक पक्राउ परेका हुन् । बिकलाई जबरजस्ती करणीको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको हो ।
दुर्गाबहादुरले धरान उपमहानगरपालिका–११ बस्ने १२ वर्षीया बालिकालाई सोही ठाउँस्थित रहेको जंगलमा लगि जबरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


