
झापा, ३० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले सातै प्रदेशमा समिति गठन गरेको छ । १७ असारमा औपचारिकता पाएको रवि लामिछाने नेतृत्वको पार्टी प्रदेश, जिल्ला र स्थानीय समितिहरू गठन गर्दै मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि प्रचारप्रसारमा लागिपरेको छ ।
घण्टी चुनाव चिन्ह पाएको पार्टीलाई विस्तार गर्दै संक्षम वर्गबाट देश निर्माणको अभियान लिएर सभापति लामिछाने र प्रवक्ता मुकुल ढकालसहितको टोलीले पुर्वदेखी पश्चिम नेपालका विभिन्न जिल्लामा रास्वपाको समिति गठन गरिरहेको छ ।
प्रवक्ता डा.मुकुल ढकालका अनुसार प्रदेश १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली, बाग्मती, र मधेश प्रदेश गरि सातै प्रदेशमा प्रदेश तथा जिल्ला समिति गठन भैसकेको तथा स्थानीय समितिहरू गठन प्रक्रियामा रहेकोले छिट्टै सम्पन्न हुने बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



