
बनियानी, ३ भदौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दक्षिणी झापाको कचनकवल गाउँपालिकामा एक हजार पाँच सय जना भन्दा बढीलाई पार्टीमा स्वागत गर्नुभएको छ ।
एमाले कचनकवल गाउँकमिटीले हिजो आयोजना गरेको ‘वृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश’ कार्यक्रममा अध्यक्ष ओलीले उनीहरुलाई पार्टीमा स्वागत गर्नुभएको हो । नयाँ पार्टी सदस्यलाई स्वागत गर्दै अध्यक्ष ओली आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने बताउनुभयो ।
“आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ”, अध्यक्ष ओलीले भन्नुभयो, “मुलुकमा समृद्धि र विकास ल्याउन एमालेको सरकार अपरिहार्य छ ।” कार्यक्रममा नवप्रवेशीहरुको नामावली पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले अध्यक्ष ओलीलाई हस्तान्तरण गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



