
बिर्तामोड, ४ साउन । झापाको बिर्तामोडमा सम्पन्न प्रदेश स्तरीय भेलाले नेपाल आदिवासी जनजाति महासंघको प्रदेश कमिटी र घटक संगठन नेपाल राजबंशी र नेपाल धिमाल संघको केन्द्रीय कमिटी गठन गरेको छ ।
भेलाले तेह्रथुम जिल्ला समन्वय समितिका सभापती सुमन शाक्यको अध्यक्षतामा कमिटी गठन गरेको छ । सोही भेलाले झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजबंशीहरुको केन्द्रीय कमिटी पनि गठन गरेको छ । जसको अध्यक्षमा झापाका प्रभु राजबंशीलाई चयन गरेको छ ।
त्यसैगरी, सोही भेलाले पुर्वी नेपालमा बसोबास गर्ने धिमाल समुदायलाई सम्बोधन गर्न नेपाल धिमाल संघको केन्द्रीय कमिटी गठन गरेको छ । जसको केन्द्रीय अध्यक्षमा झापाका प्रदीप धिमाल चयन भएका छन् ।
संघीय सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री भवानी खापुङको प्रमुख आतिथ्यमा भएको भेलालाई सम्बोधन गर्दै मन्त्री खापुङले अझै पनि आदिवासी र जनजातिहरुले पुर्ण अधिकार पाउन नसकेको उल्लेख गर्नु भयो । उहाँले आदिवासी र जनजातिहरुले बिद्रोहको नेतृत्व गरेको स्मरण गर्दै संघीय गणतन्त्रले पनि यो समुदायलाई न्याय दिन नसक्नुको कारणले देशको उन्नति ह्ह्न नसकेको टिप्पणी गर्नु भयो ।
भेलालाई महासंघका महासचिव चन्द्र तामाङ, नेकपा एकीकृत समाजवादीका प्रदेस न १ अध्यक्ष बलदेब चौधरी र झापा जिल्ला उपाध्यक्ष प्रत्युस रानाले बोल्नु भएको थियो । यसअघि हिजो मात्र एक अलग्गै कार्यक्रम मार्फत लिम्बु, राई र मेचे जातिका तीन वटा केन्द्रीय कमिटी बनेको नेकपा एकीकृत समाजवादी झापाका प्रचार बिभाग प्रमुख तीर्थ सिग्देलले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



