
पाँचथर, ९ असोज । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने धम्कि दिएर ३० वर्षीय युवकले ३५ वर्षीय महिलालाई बलात्कार गरेका छन् । घरमा श्रीमान नभएको अवस्थामा धम्कि दिएर बलात्कार गरेको आरोपमा ती युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।
आफू घरमा नभएको मौका छोपि श्रीमतीलाई बलात्कार गरेको भन्दै महिलाका श्रीमानले प्रहरीमा उजुरी दिएका थिए । उजुरीकै आधारमा ती युवकलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।
असोज महिना लागेपछि पाँचथरमा दुई महिला बलात्कारको घटना सार्वजनिक भएको छ । यसअघि असोज २ गते १२ वर्षीय बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा इलाम श्रीअन्तुका ४९ वर्षीय एक पुरुष पक्राउ परेका थिए ।
पक्राउ परेका दुवैजनामाथि जबरजस्ती करणी अपराध अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भैरहेको पाँचथर प्रहरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


