
भद्रपुर, १३ भदौ । आसन्न निर्वाचनका लागि झापाबाट नेकपा एकीकृत समाजवादी पार्टीले उम्मेदवारको नाम सिफारिस गरेको छ ।
पार्टीका तर्फबाट मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षी र समानुपातिक आकांक्षी उम्मेदवारहरुको नाम जिल्लाले प्रदेश कमिटीलाई सिफारिस गरेको एकीकृत समाजवादी पार्टी झापाका प्रचार विभाग प्रमुख जिल्ला तीर्थ सिग्देलले जानकारी दिनुभयो ।
पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ झापा क्षेत्र नं. १ बाट केन्द्रीय सदस्य अशेष घिमिरे, दुर्गा भट्टराई, विष्णुमाया पाठक, क्षेत्र नं. २ बाट पोलटब्युरो सदस्य भाष्कर काफ्ले, केन्द्रीय सदस्य निलमणि बराल, अर्जुन मेचे, रमा खवास, क्षेत्र नं. ३ बाट केन्द्रीय सदस्य पुष्प पोखरेल, जिल्ला अध्यक्ष वेदराज रेग्मी, क्षेत्र नं. ४ बाट केन्द्रीय सल्लाहकार सदस्य नारायणसिंह राजवंशी र प्रदेश कमिटी सदस्य अम्बिका महत उप्रेती र झापा क्षेत्र नं ५ बाट केन्द्रीय सदस्य इन्द्र बुढाथोकी, राजेन्द्र दाहाल र हरिमाया मैनालीको नाम सिफारिस गरेको हो ।
त्यसैगरी, प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं १ को प्रदेश ‘क’ हरि तिम्सिना, निरोज कट्टेल, विमला देवाकोटा, उदय बराइली, प्रदेश ‘ख’ बाट सविता भण्डारी, अर्जुन पौडेल, वीपी भट्टराई, पर्शुराम शंकर, क्षेत्र नं २ को प्रदेश ‘क’ बाट श्री सिटौला, चन्द्रकला घिमिरे, कृष्ण विष्ट र तीर्थ सिग्देल, ‘ख’ बाट प्रत्युस राना, होम दुलाल, दुर्गा आचार्य र मञ्जु सञ्जेलको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।
त्यस्तै, प्रदशसभा निर्वाचन क्षेत्र नं. ५ को ‘क’ केन्द्रबहादुर प्रसाईं, भारतबाबु कार्की, खगेन्द्र प्रसाद बाराकोटी, नारायण राजवंशी, होम बराल र मोहन घिमिरे र ‘ख’ मा मणिकुमार भण्डारी, शान्तिराम आचार्य, रामकुमारी तामाङ र महेश घिमिरेको नाम सिफारिस गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



