
झापा, १३ भदौ । प्रतिनिधिसभा अन्तरगत समानुपातिकतर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ६८ वटा निवेदन परेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिनका लागि विभिन्न ७६ वटा दलबाट ६८ वटा निवेदन परेको जानकारी दिए ।
त्यसैगरी प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ मा विभिन्न ६३ वटा दलबाट ५५ वटा निवेदन परेको छ । यस्तै मधेस प्रदेशमा ६७ वटा दलबाट ५९ वटा, बागमती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा, गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ वटा र सुदूरपश्चिम प्रदेशमा ५८ वटा दलबाट ५० वटा निवेदन परेको अर्यालले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



