
झापा, १५ भदौ । राष्ट्रियसभाको विधायन समितिबाट नागरिकता विधेयक जस्ताकोतस्तै पास भएको छ । बुधबार बसेको समितिको बैठकमा उक्त विधेयक बहुमतले पारित गरेको हो ।
विधायन समितिमा १५ जना सदस्य रहेकामध्ये एमालेका तीन र स्वतन्त्र सांसद खिमलाल देवकोटाले फरक मत दर्ज गरेका छन् । पारित भएको उक्त विधेयक भोलि बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने तयारी छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



