
झापा, १६ भदौ । प्रतिनिधिसभा निर्वाचनका लागि झापाको क्षेत्र नं १ बाट नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसम्मत सिफारिस भएको छ । बिहीबार बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकले शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
झापा १ मा प्रतिनिधिसभातर्फ शर्मा बाहेक कसैको पनि उम्मेदवारका लागि निवेदन नपरेकाले सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले बताए । उनका अनुसार मंसिर ४ मा हुने चुनावका लागि इच्छुकहरूबाट कांग्रेसले आवेदन लिएकोमा शर्माको मात्रै निवेदन परेको हो । शर्मा झापा १ बाट २०७० र २०७४ मा पनि प्रतिनिधि सभाको निर्वाचन लडेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



