
झापा, १९ भदौ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस झापाले दुई बढी आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
मंसिर ४ गते हुने प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनमा पार्टीले झापाका पाँच निर्वाचन क्षेत्रमध्ये केहीमा सर्वसम्मत र केहीमा धेरै आंकाक्षीहरुको नाम सिफारिस गरेको हो । प्रत्यक्ष र समानुपातिक दुवै तर्फ आकांक्षीको धेरै रहेका छन् ।
झापा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्वगृहमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला, क्षेत्र नं. १ महामन्त्री विश्वप्रकाश शर्मा र झापा क्षेत्र नं. ३ मा पार्टीका झापा सभापति देउकुमार थेवेको नाम सर्वम्मत सिफारिस गरिएको छ ।
झापा क्षेत्र नं. २ र ५ मा प्रतिनिधिसभा सदस्यका आक्षांक्षी धेरै देखिएका छन् । क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका केशवकुमार बुढाथोकी, सरिता प्रसाईं, सुधीरकुमार शिवाकोटी, जलकुमार गुरुङ, छत्रबहादुर गिरी र नवीनराज प्रसाईं उम्मेदवारका आंकाक्षीको रुपमा देखिएका छन् । उनीहरुको नाम जिल्लाले प्रदेशमा सिफारिस गरेको छ ।
यस्तै, झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ महेन्द्राकुमारी सुब्बा, डा. खगेन्द्रपाण्डव अधिकारी, विश्वदिप लिङ्देन, पदमबहादुर पौडेल र मेदनीप्रसाद सिटौलाको नाम सिफारिस गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



