
झापा, २० भदौ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापा क्षेत्र नं. १ बाट एमालेका नेता रविन कोइरालाको एकल नाम सर्वसम्मतले सिफारिस गर्ने निर्णय भएको छ ।
नेकपा एमाले झापा क्षेत्र नं. १ को क्षेत्रीय समन्वय समितिको बैठकले कोइरालाको एकल नाम सर्वसम्मतले सिफारिस गर्ने निर्णय गरेको हो । क्षेत्रीय संयोजक टिकाराम मंग्रातीको अध्यक्षतामा बसेको बैठकले झापा जिल्लाका सहइन्चार्जसमेत रहनुभएका कोइरालाको नाम सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



