
अर्जुनधारा, ११ असोज । नेपाली आमा झापाले बुधबार अर्जुनधारा–६ को मनकामना क्लिनिक परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा ६० जना महिलाको स्वास्थ्य परीक्षण गरियो । प्रजनन् स्वास्थ्य सुधार अभियान अन्र्तगत पहिलो चरणमा आङ्खस्ने समस्याका बारेमा सचेतना सहित त्यस्ता समस्या भएका महिलाको स्वास्थ्य परीक्षण गरिएको छ ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरीकुमार रानाले खप्नै नसक्ने भएपछि मात्र महिलाको प्रजनन् समस्या बाहिर आउने गरेको बताए । उनले समस्या देखिनासाथ उपचार गराए धेरै मलिाले पीडाबाट मुक्ति पाउने भए पनि जनचेतनाको कमी र लजाउने प्रवृतिकै कारण समस्या बढेको दाबी गरे । कार्यक्रममा पीएसआई नेपालका अर्जुन सुवेदीले पीएसआईले मुलुकका ३० वटा जिल्लामा काम गर्दै आएको बताए ।
सुवेदीले परिवार नियोजन र सुरक्षित गर्भपतनका क्षेत्रमा संस्थाले गोपनियता कायम राखेर काम गरिरहेको बताए ।
महिलालाई खोक्न, हाँस्न, बस्न र हाछ्यूँ गर्न सहज बनाउने उद्देश्यका साथ महिला स्वास्थ्य सुधार अभियान सञ्चालन गरिएको आयोजक आमा समूहकी अध्यक्ष राजकुमारी शेर्पाले बताइन् । उनले समाजमा रहेको संकृणता हटाइ प्रजन्न् स्वास्थ्य महिलामको अधिकार हो भन्ने मान्यता स्थापित गर्नु अभियानको लक्ष्य भएको जनाइन् । महिला नेतृ सरस्वती सिटौलाले भजन गाउने ओठभन्दा सेवा गर्ने हातहरुले नै हरेक समस्याको समाधान पहिल्याउने बताइन् । उनले महिला स्वास्थ्यमा सुधार ल्याउन प्रजनन् स्वास्थ्यलाई अधिकार हो भनेर बुभ्mन सक्नु पर्ने सुझाव राखिन् ।
कार्यक्रममा प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतमले शिविरमा आएर सेवा लिएर मात्रै महिला स्वास्थ्य सुधार अभियान सफल नहुने भन्दै शिविरमा आउने हरेक व्यक्तिले छिमेकका एक जनालाई प्रजनन् स्वास्थयका बारेमा बुझाउन सके अभियानले सार्थकता पाउने बताए । आयोजक संस्थाकी कोशी राईले सञ्चालन गरेको कार्यक्रममा आदिवासी जनजाति महासंघ अर्जुनधाराका अध्यक्ष जगतबहादुर मगर, एवीसी नेपाल झापा अध्यक्ष कञ्चना सिटौला, नेपाल महिला संघ अर्जुनधारा अध्यक्ष लिलादेवी कटुवाल, विर्तालोडी जेसिजकी अध्यक्ष नम्रता ढकाल, दहिजोडा सामुदायिक वन उपभोक्ता समूहकी निरामाया तामाङ, साइसत्य सेवा केन्द्र शनिश्चरेकी गीता बुढाथोकी लगायतले प्रजनन् र महिला स्वास्थ्य सुधारका लागि राज्य संवेदनशील हुनुपर्ने बताए ।
उनीहरुले स्वास्थ्य क्षेत्रमा भएको लगानीलाई प्रतिफलमुखी बनाउन सेवाप्रदायक र सरोकारवाला सचेत हुनु पर्नेमा जोड दिए । पीएसआईका नेपाल प्रतिनिधि टमहउले निरीक्षण गरेको शिविरमा डा.शुनिल साह स्वास्थयकर्मीहरु एलीजा महर्जन र अनामीका राजवंशीले स्वास्थ्य परीक्षण र स्वास्थ्य स्वयम्सेविकाहरु चन्द्रकला सिटौला, लता खतिवडा, सरस्वती वागदास लगायतले शिविरमा सहयोग गरेको आमा समूहकी सदस्य कल्पना कडरियाले बताइन् । अभियानमा बिर्तामोड तथा अर्जुनधारा क्षेत्रका १५ वटा संघ संस्था सामेल छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


