
झापा, २३ भदौ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बिहीबार मंसिर ४ गते हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक कार्यतालिका अनुसार २३ असोजमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यस्तै २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।
यस्तै असोज २६ गते उम्मेदवारले नाम फिर्ता लिन पाउने छन् भने अन्तिम नामावली पनि त्यसै दिन प्रकाशन हुने र चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



