
भद्रपुर, २४ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता एवं महामानव वीपी कोइरालाको १०९ औं जन्मजयन्तीको अवसर पारेर भद्रपुर–१० स्थित वी।पी चोकस्थित वी।पी।को शालिकमा माल्यार्पण सहित सभा सम्पन्न गरिएको छ ।
नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य एवं जनताको साथमा कांग्रेस अभियानका केन्द्रीय प्रतिनिधि डा। डिला संग्रौलाले महामानव वी।पी। कोइरालाले देखाएको बाटोमा सबै हिड्न सकेमात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।
वी।पी।ले लिनुभएको मेलमिलापको नीति, प्रजातान्त्रिक समाजवादी सिद्धान्त आजको परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गर्दै उहाँले वी।पी।को संक्षिप्त जीवनीबारे समेत बताउनुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल, गोमा भट्टराई, प्रदेश नं–१ का सहकारी तथा गरिवी निवारणमन्त्री ओमप्रकाश सरावगी, नेपाली कांग्रेस झापा उपसभापति केशवराज पाण्डे, १ नम्बर क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, जिल्ला समिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्रीय, प्रदेश क्षेत्रीय, नगर, वडा समितिका पदाधिकारी, सदस्य, एवं भातृ संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भद्रपुर नगर समिति सभापति राम कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति रमेश झा र सञ्चालन सचिव अनिता रिजालले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



