
बिर्तामोड, २८ भदौ । लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा) नेपालले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनका लागि झापामा सर्ब सम्मतले उम्मेव्दारहरुको नाम बैठकले पार्टी केन्द्रमा सिफारिश गरेको छ।
मंगलबार बसेको पार्टीको जिल्ला समिति बैठकले झापा क्षेत्र नं १ मा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ओलिन राजबंशी र प्रदेश सभा (क) मा प्रत्यक्ष तर्फ गंगा लाल राजबंशी र प्रदेश सभा ९ख० मा रमा मेचेको नाम सिफारिश गरेको छ ।
प्रतिनिधि सभा तर्फ क्षेत्र नं २ मा आदिबासी नेता त्रिनारायण राजबंशीको नाम टुंगो लागेको छ। प्रदेश सभा प्रत्यक्ष तर्फ ९क० मा बिश्वनाथ चौधरी र ९ख० मा सामाजिक अभियन्ता शिबप्रसाद आचार्यलाई सिफारिश गरेको छ। ्
निर्बाचन क्षेत्र नं ३ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पत्रकार तथा साहित्यकार देवेन्द्र किशोर ढुंगानालाई सर्वसम्मत सिफारिश गरेको छ। यस्तै प्रदेश सभा (क) मा आदिबासी युबा नेता कर्ण लाल राजबंशी र (ख) मा पुराना आदिबासी नेता सूर्य नारायण गणेशलाई सिफारिश गरेको छ।
झापा क्षेत्र नं ४ मा प्रदेश सभा (ख) प्रत्यक्ष तर्फ ग्यासुद्दिन मियाको नाम सिफारिश भएको छ । बैठकले झापा क्षेत्र नं ५ प्रतिनिधि सभा प्रत्यक्ष तर्फ आदिबासी जनजाती आन्दोलनका स्थापित नेता प्रेमदीप थाम्सुहाङलाई सर्ब सम्मतले सिफारिश गरेको छ।
त्यस्तै प्रदेश सभा (क) मा प्रत्यक्ष तर्फ हिरा लाल राजबंशी र (ख) मा चन्द्र प्रसाद राजबंशीको नाम सिफारिश गरिएको पार्टी जिल्ला अध्यक्ष अनुत सिंह राजबंशीले जानकारी दिए । पार्टी जिल्ला अध्यक्ष राजबंशीले आगामी निर्बाचनमा रणनीतिक योजना सहित पार्टीका उम्मेव्दारहरु जनताका घरदैलोमा जाने कार्यक्रम बारे जनाए।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



