
मोरङ, १५ असोज । १४ बर्षकी किशोरी बलात्कार गरेको आरोप लागेका दुईजनालाई गाउँलेले समातेर प्रहरीमा बुझाएका छन् । बलात्कारका अर्का एक आरोपी भने फरार रहेका छन् ।
घटना असोज १ गतेको हो । बुढीगंगा गाउँपालिका(४ गोकुवामा विश्वकर्मा पूजाको अवसरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम हेर्न गएकी १४ बर्षकी बालिकामाथि तीन युवकले सामूहिक बलात्कार गरेका प्रहरीको भनाइ छ ।
कार्यक्रम चलिरहेकै बेला शंकास्पद अवस्थामा स्थानीयले देखेपछि दुई युवक र ती युवतीलाई नियन्त्रणमा लिएर प्रहरी चौकी निमुवामा बुझाएका थिए । दुईजना पक्राउ पर्दा जितेन्द्र भने भागेका थिए । भागेका जितेन्द्रलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन । गाउँलेले नै पक्राउ गरी बुझाएपछि जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गरिएको थियो । खाँ नै मुख्य योजनाकार भएको बताइएको छ । खाँसँग चिनजान भएकी युवती नाच हेर्न गएकी थिइन् । तर राति घर पुर्याइदिने बाहनामा बलात्कृत भएकी थिइन् ।
प्रहरीले दुईजनालाई जबरजस्तीकरण मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ । प्रहरीले किशोरीको उमेर १४ वर्षसम्ममात्र रहेकाले बालिका करणीको अभियोगमा अनुसन्धान अघि बढाएको छ । मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको बताए । फरार रहेकाको पनि खोजी भइरहेको उनले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


