
बिर्तामोड, १५ असोज । झापाको भद्रपुरस्थित सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले एक सयभन्दा बढी जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
केन्द्रले ‘२८ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस’को अवसरमा आज भद्रपुर नगरपालिका क्षेत्रका जेष्ठ नागरिकलाई सम्मान गरेको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ज्येष्ठ नागरिक समाजको गहना भएको बताउनुभयो ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षा भीमप्रसाद ढकालले ज्येष्ठ नागरिक सदैव पूज्य भएकाले एक दिन सम्मान गरेर मात्र नभई सधैँ सम्मान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठक, मेची अञ्चल अस्पतालका डा.टंकप्रसाद वाराकोटीलगायतले मन्तव्य राख्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


