
इनरुवा, १६ असोज । विगत चार दिनदेखि घरबाट बेपत्ता भएका सुनसरी इटहरी उपमहानगरपालिका–११ का १६ वर्षीय इन्ताज खानको शव आज बिहान फेला परेको छ ।
सुनसरी खनारस्थित बूढी खोला किनारको धान खेतमा शरीरको आधा भाग डढेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
शुक्रबारदेखि बेपत्ता भएका इन्ताजको परिवारले शनिबार साँझ प्रहरीलाई जानकारी गराएपछि उहाँको खोज तलास शुरु गरिएको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


