
उर्लाबारी, १९ असोज । सुनसरीको इटहरीका युवा व्यवसायी शिशिर खड्काले मोरङको उर्लाबारीस्थित नमूना बालगृहमा रु एक लाख ५५ हजार बराबरको सामग्री सहयोग गर्नुभएको छ ।
खड्काले आमा गीता खड्काको सम्झनामा खाद्यान्न, शैक्षिक सामग्री, खेलकूद, लत्ताकपडा, जुत्ता, खसीलगायत सामान सो गृहका सचिव जीवन घिमिरेलाई हस्तान्तरण गर्नुभयो ।
गृहमा ४८ बालबालिका आश्रित रहेको गृहका अध्यक्ष मीना बरालले जानकारी दिनुभयो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


