
काठमाडौं,५ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान गठबन्धनलाई एक ढिक्का राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । चुनावमा जाँदा गठबन्धन बनाएर मत मागेकाले सरकार बनाउने बेलामा अन्य विकल्पबारे सोच्न नहुने स्पष्ट पारेका हुन् ।
मंगलबार कांग्रेस संस्थापन इतरको बैठकमा सञ्चारकर्मीहरूसँग भने, ‘नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको जे परिणाम आए पनि गठबन्धनलाई सबल बनाएर अघि बढ्नुपर्छ । जनताले जुन विश्वासले गठबन्धनलाई मत दिएका छन्, त्यसलाई दायाँबायाँ हुन नदिई अघि बढ्नुपर्छ ।
जनताको माझमा जाँदा एउटा गठबन्धन प्रस्ताव गरेको हुँदा सरकार बनाउँदा अन्त कतै नअलमलिईकन प्रधानमन्त्री, राष्ट्रपति जस्ता पदमा साझा सहमति गरेर अघि बढ्नुपर्छ ।’ उनले यसको नेतृत्व नेपाली कांग्रेसले गर्ने पनि जिकिर गरे ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



