
झापा, १६ पुस । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १ को संसदीय दलको नेता चयन गरेका छन् । दुवै दलका संसदीय दलका नेता झापाका रहेका छन् ।
चुनावी प्रतिस्पर्धाबाट कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भए । २९ जना मतदाता रहेकोमा थापाले १८ मत पाए । थापा झापाका हुन् ।
त्यस्तै, राप्रपाको प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् । शुक्रबार बसेको दलको बैठकले पार्टीको केन्द्रीय प्रवक्तासमेत रहेका सिटौलालाई सर्वसम्मत चयन गरेको हो । उनी पनि झापाकै हुन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



