
भद्रपुर, १७ पुस । झापाको भद्रपुर नगरपालिका–१० देउनियामा झापा अटो सञ्चलनमा आएको छ ।
झापा अटोको आज उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टिकाराज ढकालले उद्घाटन गर्नुभएको छ । चार कठ्ठा जग्गा बहालमा लिएर विभुराज दाहाल र नेत्रकुमार राजवंशीले झापा अटो सञ्चालनमा ल्याएका हुन् ।
जग्गासहित करिब एक करोड २५ लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको झापा अटोबाट सबै कम्पनीका ‘फोर ह्वीलर’ गाडी मर्मत गरिने सञ्चालक राजवंशीले जानकारी दिनुभयो ।
झापा अटोमा सर्भिसिङ, डेन्टिङ पेन्टिङ, स्पेयर्स पार्ट, वासिङ, होम सर्भिसको व्यवस्था रहेको जनाइएको छ । निकट भविष्यमै इलेक्ट्रोनिक सवारी साधनका लागि चार्जिङ स्टेशन समेत सञ्चालन गरिने सञ्चालक विभुराज दाहालले बताउनुभयो ।
कार्यक्रममा झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, उपाध्यक्ष दिपेश ढकाल लगायतकाको उपस्थिति रहेको थियो । झापा अटो सञ्चालनमा आएसँगै चार जनाले रोजगारी समेत पाएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



