
झापा, २७ पुस । विश्वासको मत पाए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । ओली निवास बालकोटमा आज साँझ उनीहरुबीच आगामी यात्रा र सरकार विस्तारबारे छलफल भएको हो ।
दुई नेताबीच मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल भएको छ भने प्रधानमन्त्रीले विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



