
झापा, २ माघ । भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ। भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढेको छ भने डिजेलको मूल्य घटेर आएको छ ।
नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ ५१ पैसा बढेर आएको छ भने डिजेलको प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ। भारतले हरेक १५ दिनको अन्तरमा नयाँ मूल्य पठाउने गरेको छ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



